शुक्रबार, बैशाख १४, २०८१

ए थुमी !..

 –वैरागी जेठा-

 

 ए थुमी
मैले सुनेको थिएँ
मानिस हुन
युद्ध घोषणा हुनुपर्छ
नपत्याए
आँखुका काँसहरुलाई सोध
बगीरहेको पानी हेर्दै
रातो झण्डा हात मिलाउँछ
हर्राका हाँगाबाट झरिरहेका
शितका थोपा निल
वरामहरु अहिले कहाँ होलान्
सेताम्म्यै तुषारो ओडेर
आर्खेतबाट उक्लिरहेछ
एउटा म
कराउँदै उडेका हावाहरु
पछारिँदा ,मध्यरातको जून रुन्छ
वरामको धुरीमाथि
बूढी एकनास चिच्याइरहन्छे
मध्यदिनमा
पातहरुझैँ झरिरहेका
वरामका पसिनाका भेलहरु
समाजवादका स्वप्नहरु देखिरहेछन्
आस्थाका बागहरुमा
आँखा खोजिरहन्छ
जीवनका ,थोत्रा झुपडीहरु
लामिछाने गाउँ उभिन्छ
घाम पकाएर ठिड.ग
भैँचम्पाहरु फुल्छन्
टाँगिएका पुतलीझैँ
राता पुतलीहरुमाथि बरर
रवर गोली ,असिना जस्तै वर्सिन्छन्
जनताको झस्को
मर्न नपाउँदै
विचार पासो लगाएर झुण्डिन्छ
आँखुको फट्के
फर्किएर हेर्दै
मैदानमा लडाईँ चलिरहेको
कथा सुनाउँछन् ,बगरका गिर्खाहरु
हामीले लड्नु पर्ने छ
मन्त्रीका भाषण सुनेर
म गंभीर भयो !
सल्यानकोट अगाडि
खाराका विस्मृतिभित्र
आरुोखरी बल्झिन्छ यात्रा
म आल्हादित बन्यो
पसिनाका रड.हरुमा
बगुवा र हर्मे अड.कुरि��� हुन्छन्
बूढो लिगलिग भन्छ
वादशाह शड.कट निम्त्याइरहेछ
मृतक वरामका चिच्याहटले
थर थर काँपीरहेछन्
घनत्वपूर्ण शहर
पाप कुण्ड बनिरहेछ
पहाड निख्रेको छ
मनमा काँढा बिज्छ
बगर रक्ताम्य छन्
खेतका धान मडारिएका छन्
उभिएर सम्वाद गर्नै हुन्न
बोल्ने तागतहरु खुम्चिन्छ
कसैले सोध्ने छ , परिवर्तन भयोकि
म भन्ने छु ,भएको छैन
विचारमा साँझ परेको छ
यात्रामा , मुन्टो बटारिएको छ
जिन्दगी युद्ध
युद्धको रिक्ततामा अझै रिक्तता छ
ए थुमी !
बाँसको झाड.बाट तपतप चुइएका
रगतका थोपाहरु
हिउँझैँ पग्लिएर बहइरहन्छन्
मनहरु चिराचिरा हुन्छन्
वयाकमा !
खड्काका आँगन भएर
अलिकति च्यातिन्छ विचार
साईँली सर्कीनीको
करेसाबारीमा फुलेको सिम्रिक
चुपचाप छ
साईँली फुत्त निस्कन्छिन्
हावाझैँ सुसाउँदै
हृदय पिरोल्छ
देउरालीमा !