मङ्लबार, बैशाख ४, २०८१

एसिया प्यासिफिक समिटमा सहभागी हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु

काठमाडौ मंसिर १३,  काठमाडौंमा यही मंसिर १४ देखि १७ गतेसम्म राजधानीमा सम्पन्न हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न देशका प्रतिनिधिहरु नेपाल आउने क्रम सुरु भएको छ । यसैक्रममा म्यान्मारको राज्य परिषदकी सदस्य तथा विदेशमन्त्री आङसाङ सुची र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुग्नु भएको छ । ।

उहाँहरुलाइ उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो । सरकारले समिटमा सहभागी हुन आउँने विभिन्न राष्ट्रका ने विशिष्ठ व्यक्तिहरुको सुरक्षालाई ध्यान दिइ उच्च सुरक्षा व्यवस्था मिलाइनुको अलाव आवागमनमा अवरोध नहोस भन्नाका लागि उपत्यकामा चल्लने सवारीमा जोर विजोर प्रणाी लागु गरेको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।