बिहिबार, चैत्र १५, २०८०

एसईई परीक्षाको नतिजा प्रकाशित, ए’ प्लस ग्रेड प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०,

भक्तपुर असार ९,  राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा आज साँझ प्रकाशित गरेको छ । अपरान्ह ४ बजे प्रकाशन हुने भनिएपनि प्राविधिक कारणवस साँझ ८ वजेमात्र नतिजा प्रकाशन गरिएको थियो

प्रकाशित नतिजा अनुसार परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेको पनिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।