शुक्रबार, चैत्र १६, २०८०

एमाले अध्यक्ष खनालको दवावमा निगममा कानुनविपरीत कार्यकारी अध्यक्षको नियुक्ति

  काठमाडौं ज्येष्ठ २४, नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट नियुक्त महाप्रबन्धक हुँदाहुँदै सरकारले एमाले अध्यक्ष झलनाथ खनालको दबाबमा कार्यकारी अध्यक्ष नियुक्ति गरेको छ। यसबाट निगमलाई धराशयी बनाउन खोजेको संकेत मिलेको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले बुधबारको मन्त्रिपरिषद् बैठकमा एअर ट्राफिक कन्ट्रोलर शिवशरण न्यौपानेलाई निगमको कार्यकारी अध्यक्ष बनाउन गरेको प्रस्ताव Nepal_airlines_corporation__20120915085725बिहीबार स्वीकृत भएको हो। सार्वजनिक संस्थानको कार्यकारी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने सरकारको नीतिअनुसार मदन खरेल कार्यकारी अधिकारसहित निगमको महाप्रबन्धकका रूपमा काम गरिरहेकै अवस्थामा न्यौपानेलाई कार्यकारी अध्यक्ष बनाइएको हो।

स्रोतका अनुसार एमाले अध्यक्ष खनालको दबाबमा न्यौपानेलाई वायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाउने निर्णय भएको खवर आजको अन्न्पूर्ण दैनिकमा गोविन्द परियार /राजु बास्कोटाको वाईलाइनमा  प्रकाशित रहेको छ। एउटा संस्थामा दुईजनाले कार्यकारी अधिकार प्रयोग गर्ने गरी नियुक्ति गर्न कानुन र व्यवहार दुवै हिसाबले मिल्दैन। एउटै संस्थामा कार्यकारी अधिकारसहित दुईजना मिल्दैन, यो कानुनविपरीत होु, सार्वजनिक संस्थानको कार्यकारी नियुक्ति र अनुगमन गर्ने संस्थान निर्देशन बोर्डका अध्यक्ष विमल वाग्लेले भने, हामीले चार वर्षका लागि कार्यकारी अधिकार प्रयोग गर्ने गरी महाप्रबन्धक नियुक्त गरेको वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त गर्नै मिल्दैन। यो दुईटाको बीचमा द्वन्द्व गराउने मात्रै काम हो।

खरेललाई संस्थान निर्देशन बोर्डको सिफारिसमा सरकारले डेढ वर्षअघि चार वर्षका लागि नियुक्त गरेको हो।महाप्रबन्धक खरेलको परफरमेन्स सन्तोषजनक छु, वाग्लेले भने, यो अवस्थामा निगमको कार्यकारी अध्यक्षमा अरूलाई नियुक्त गर्न मिल्दैन।

मन्त्रिपरिषद् स्रोतका अनुसार कार्यकारी अध्यक्षमा नियुक्त न्यौपानेको सेवासुविधा पनि कानुनविपरीत तोकिएको छ। निगमका कार्यकारी अध्यक्ष र महाप्रबन्धकको सेवासुविधा निजामती सेवाका विशिष्ट श्रेणीका कर्मचारीसरह हुन्छ। तर न्यौपानेलाई महाप्रबन्धकले पाउँदै आएको भन्दा एक प्रतिशत बढी तलब दिने गरी निर्णय भएको छ। खरेलकै पालामा निगमले आठवटा जहाज र दुईवटा बोइङ किन्ने योजना तयार गरेको छ। योजनाअनुसार तीन साताअघि एउटा जहाज आइसकेको छ। सन् २०१५ को मध्यसम्ममा दुईवटा बोइङ थप्ने तयारी निगमको छ।  नियुक्तिका विषयमा यसअघि पनि निगम विवादमा फसेको थियो। पुरानै विवाद ब्युँताउने गरी पर्यटनमन्त्री आचार्यले राजनीतिक र व्यक्तिगत स्वार्थमा परेर कार्यकारी अध्यक्ष नियुक्त गरेको आरोप लागेको छ।

६ वर्षअघि एअर ट्राफिक कन्ट्रोलरबाट अवकाश लिएका न्यौपाने पेसाले इन्जिनियर हुन्। उनले निगमको छैटौं तहबाट सेवा सुरु गरेर नवौं तहबाट अवकाश लिएका थिए। निगमममा नवौं तह निजामती सेवाको उपसचिवसरहको पद हो। जागिरको अन्तिम समयमा निलम्बनमा परेपछि न्यौपानेले राजीनामा दिएका थिए। जागिरमै हुँदा पनि न्यौपाने बिदामा बसेर तीन वर्ष जापानमा गएर काम गरेका थिए। जापान बसाइ ओभर स्टेु भएपछि उनी केही समय जापानमै जेल पनि बसेका थिए। निगमको कार्यकारी अध्यक्ष वा महाप्रबन्धक हुन कम्तीमा पनि निर्देशकका रूपमा काम गरेको अनुभव हुनुपर्ने हुन्छ। तर उनी जागिर अवधिभर कुनै पनि कार्यालय वा शाखाको प्रमुख भएनन्। उनीसँग एअर ट्राफिक कन्ट्रोलरका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरेको अनुभव मात्र छ।

खनाल भूमिगत हुँदा राजधानीको झोंछेमा रहेको न्यौपानेको घरमा शरण लिएर बसेका थिए। खनालसँगको पुरानो नाता जोडेर न्यौपाने कार्यकारी अधिकारसहितको महाप्रबन्धक हुँदाहुँदै निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन्। प्रधानमन्त्री सुशील कोइरालाले कार्यकारी अधिकार दुईजनालाई दिँदा अधिकार क्षेत्रको विवाद बढ्ने भन्दै प्रस्ताव फिर्ता लिन पर्यटनमन्त्री आचार्यलाई आग्रह गरे पनि उनले मानेनन्।