बुधबार, बैशाख १२, २०८१

एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वराजवीच १ घन्टा ‘एक्ला–एक्लै’ वार्ता, स्वराजको सम्मान���ा एमालेको रात्रिभोज

 काठमाडौ माघ १८,  अप्रत्याशित रुपम दुई दिने नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी ओलीवीच होटल सोल्टीमा आज साँझ भेटवार्ता भएको छ ।  भेटवार्ताको क्रमम उहाँहरुवीच करिब एक घन्टा ‘एक्ला–एक्लै’ वार्ता भएको बताईएको छ ।

उहाँहरुवीचको भेटवार्ताको क्रममा सम्वद्ध स्रोतका अनुसार  विदेशमन्त्री स्वराजले एमाले् अध्यक्ष ओलीलाइ निर्वाचनमा निर्वाचित हुनुभएकोमा र भावी प्रमको रुपमा समेत बधाइ दिदै अवका दिनमा दुई देशबीचको विशेष सम्बन्ध स्थापित गर्दै अगाडि बढ्नु आवश्यक रहेको जिकिर  राजसंस्थाको  विषमा समेत  नितिगत निर्णय गर्नु आवश्यक रहेका े   बताउँदै गर्दा एमाले अध्यक्ष ओलीले  सम्बन्ध विस्तार गर्ने विषयमा कुनै शंका नभएको बताउनु भएको बताईएको छ ।

 नेकपा एमालेले विदेशमन्त्री स्वराजको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेको छ । शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेपछि स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको विदेशमन्त्री स्वाराजले  संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका नेतासंग पनि भेटवार्ता गर्ने भएको छ । स्वराजले शुक्रबारै बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रम देउवा सँग पनि विशेष ‘एक्ला–एक्लै’ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसैवीच यसअघि विशेष विमानमार्फत् नेपाल आएकी विदेशमन्त्री स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सद्भावना भ्रमणमा आएको भन्दै कुनै विशेष एजेन्डा नरहेको जनाउ दिएपनि  स्वराजको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । फोटो: भारतीय  दूतावास

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।