शनिबार, बैशाख ८, २०८१

एमाले अध्यक्ष ओली र भारतीय प्रम मोदीवीच भएको विशेष टेलिफोन संवादमा कसले के भने ?

काठमाडौ माघ ७,  एमाले अध्यक्ष केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवीच आज अपरान्ह विशेष टेलिफोन संवाद भएको छ ।
टेलिफोन संवादको क्रममा उहाँहरुवीच अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान हुनुको अलावा भारतीय प्रम मोदीले अध्यक्ष ओलीलाइ प्रधानमन्त्रीका रुपमा शुभकामना दिदै प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनु भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 प्रम मोदीको यस्तो अभिव्यक्ति पछि अध्यक्ष ओलीले उहाँको प्रस्ताप स्वीकार्दै उहाँलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शनका लागि नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।