शुक्रबार, बैशाख ७, २०८१

एमालेकार्यकर्ताद्दारा पत्रकारलाइ ज्यान लिनेसम्मको धम्की, युनियनको कडा आपत्ती

काठमाडौं मंसिर ३, नेपाल प्रेस यूनियनले यूनियनका मनाङ तदर्थ समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ मनाङका उपाध्यक्ष नविन लामिछानेलाई प्रतिनिधि सभा तथा प्रदेश सभाको रिपोर्टीङको क्रममा मंसिर १ गते साँझ ५ वजेतिर माथिल्लो मनाङस्थित मेस्याङ   मनाङ भन्ने गाउँमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरुले गरेको दुर्व्यवहारको भत्सर्ना गरेको छ ।

यूनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा राष्ट्रिय समाचार समिति, जनता टेलिभिजन, हाम्राकुरा डटकम लगायतका समाचार संस्थाहरुका लागि रिपोर्टीङ गर्दै आएका लामिछानेलाई एमालेको चुनावी कार्यक्रमको तस्विर लिने क्रममा सिआइडी को आरोपसहित हातपात तथा दुर्व्यवहार गर्दै क्यामेरा खोस्ने, तस्विरहरु मेटाउन लगाउने, समाचार संकलनमा अवरोध गर्ने र मनाङ नछोडे ज्यान लिनेसम्मको धम्की दिएकोमा युनियनले एमालेका यस्तो हर्ककतप्रति कडा आपत्ती जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा मनाङ जस्तो विकट हिमाली जिल्लाबाट अनेक अप्ठ्याराका वावजुद रिपोर्टीङ गर्दै समाजलाई सूसुचित गर्दै आएका सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउने कार्य सिंगो पत्रकारितामाथिको आक्रमण भएको ठहर गर्दै सञ्चारकर्मीलाई स्वतन्त्रतापूर्वक समाचार संकलनमा वाधा नपुर्‍याउन तथा उपद्रो नगर्न आफ्नो पार्टी पङक्तिलाई निर्देशित गर्न एमालेलाई यसै वक्तव्य मार्फत सचेत गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।