शुक्रबार, चैत्र १६, २०८०

एप्पललाई पछार्दै गुगल बन्यो बिश्वकै मूल्यवान ब्राण्ड

troll(एएफपी) । अमेरिकी सर्च इन्जिन गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बनेको छ । तीन बर्षदेखि यो ताज कब्जा गर्दै आएको आइफोन निर्माता एप्पललाई पछार्दै गुगल पहिलोपटक शीर्षस्थानमा पुगेको हो ।

ग्लोवल मार्केट रिर्सच एजेन्सी मेलवर्ड ब्राउनका अनुसार गुगलको ब्राण्ड मूल्य एकै बर्षमा ४० प्रतिशतले बढेको छ । २०१४ को टप १०० ब्राण्ड रिपोर्टका अनुसार गुगलको ब्राण्ड मूल्य १५८.८४ अर्ब अमेरिकी डलर छ । गुगलको मूल्य बढनुमा ‘गुगल ग्लास’को महत्वपूर्ण भूमिका छ । इन्टरनेट लिंक भएको गुगल ग्लासले रेबनसहितका ब्राण्डलाई पछि पारेको छ ।

पछिल्लो तीन वर्ष सूचीको शीर्ष स्थानमा रहेको एप्पल भने दोस्रोमा झरेको छ । उसको ब्राण्ड मूल्य १४७.८८ अर्ब डलर रहेको छ । एप्पलको ब्राण्ड मूल्यमा २० प्रतिशतले गिराबट आएको अनुसन्धानमा देखिएको छ ।

टप ब्राण्ड मूल्यको शीर्ष १० मा अमेरिकी कम्पनीको दबदबा छ । आईबीएम १०७.५४ अर्बसहित तेस्रो स्थानमा छ भने २९ प्रतिशत बृद्धिसँगै माइक्रोसफ्ट चौथो स्थानमा छ । उसको ब्राण्ड मूल्य ९९.१९ अर्ब डलर छ । म्यान डोनल ८५.७१ अर्ब, कोका कोला ८०.६८ अर्बसहित क्रमश पाँचौ र छैटौं स्थानमा छन् ।

सूचीमा एमाजोन दशौं नम्बरमा छ भने फेसबुक आफ्नो मूल्याङ्कनलाई ६८ प्रतिशत बृद्धि गर्दै ३५ अर्ब डलर मूल्याङ्कनसहित २१ औं नम्बरमा छ । उत्कृष्ट एक सयको सूचीमा ट्वीटर र लिङ्डइन पहिलोपटक प्रवेश गरेका छन् । ट्वीटर १४ अर्ब डलर मूल्याङ्कनसहित ७१ औं स्थानमा र १२ अर्ब डलरसहित लिङ्डइन ७८ औं नम्बरमा छन् । यो साल प्रबिधि बिधाका कम्पनीहरुको मूल्य निकै बढेको र यो क्रम आगामी बर्षहरुमा अझ बढ्ने देखिएको रिपोर्टमा उल्लेख छ ।

CompanyListbrands