बिहिबार, बैशाख १३, २०८१

एनसेल वमविस्फोटको घटनामा संलग्न विप्लव समूहका उपत्यकाका कमाण्ड सदस्य भुजेल पक्राउ

काठमाडौं फागुन १५ , नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको वमविस्फोटको घटनामा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार एक व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटमा भुजेल प्रत्यक्ष संलग्न देखिएकाले निजलाइ पक्राउ गरिएको जनाएको छ।

स्मरण रहोस गत शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको यक्त विष्फोटमा परेर सिंहप्रताप गुरुङको मृत्यु भएके थियो । ।  भुजेल एक समय नेत्र विक्रमको चन्दको अंगरक्षकसमेत रहेको र पछिल्लो समय काठमाडौं उपत्यकाको कमाण्ड सदस्यको जिम्मेवारीमा रहेको बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।