बिहिबार, बैशाख १३, २०८१

एक व्यक्तिको जग्गा अर्कै व्यक्तिको नामसारी गर्ने मालपोत अधिकृत अर्याल सहित नौ जना किर्तेकारी पक्राउ

  काठमाडौं भाद्र २६, एक व्यक्तिको जग्गा अर्कै व्यक्तिको नामसारी गर्ने मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  बुढानीलकण्ठ नगरपालिका–५ बस्ने चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी नामसारी गर्ने मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रेष्ठ र रघुनाथ तिमिल्सिना र बिचौलिया ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपप्रसाद गौतम, श्रीकृष्ण बडुवाल र सानुभाइलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 पैहरीका अनसार ताल्कदार कार्यालयका कर्मचारीको मिलेमतोमा नक्कली वारेसनामा बनाई कित्ता नं ३२९ को एक रोपनी नौ आना तीन पैसा, कित्ता नं ३२५ को आठ आना एक पैसा र कित्ता नं ३२३ को छ आना जग्गा ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण बडुवालको नाममा पास गरेको जानकारी दिएका छन ।  साथै पक्राउ परेका अभियुक्तहरुलाइ  लिखतसम्बन्धी कसूर र सङ्गठित अपराध मुद्दामा कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।