बिहिबार, बैशाख १३, २०८१

एक लाख घुस सहित नायब सुब्बा काफ्ले पक्राउ

भक्तपुर मंसिर २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज भक्तपुर जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत् नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दाको अवस्थामा पक्राउ गरेको छ ।

 सूर्यविनायक नगरपालिका नंखेलको जग्गापास गर्न डोर खटाउनेक्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ परेका नासु काफ्ले माथि टोलीले थप अनुसन्धान सुरु गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।