बुधबार, बैशाख १२, २०८१

एकमुष्ट रु ५ लाख वा सो भन्दाबढीको कारोवारमा मात्रै प्यान नम्बर : धितोपत्र वोर्ड

काठमाडौ चैत ७,  शेयर कारोवारको क्रममा प्यानका विषयमा सिर्जना भएको अन्यैेलतालाइ नेपाल धितोपत्र वोर्डले सम्बोधन गरेको छ ।
बोर्डले रु ५ लाख वा सोभन्दा बढीको शेयर कारोवारमा मात्रै स्थायी लेखा नम्बर अनिवार्य रहेको पुनःदोहो-याएको छ ।

त्यस्तै बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार साना लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगरिएको र ऐच्छिकरुपमा मात्रै लागू गरिने भएकाले दुविधामा नपर्न आग्रह गर्दै बजारमा धितोपत्र खरीद वा बिक्री गर्दा वा पटक पटकको कूल कारोवारको नभई एकपटकमा रु ५ लाख वा सोभन्दा बढीको कारोवार गरेमा मात्र उक्त नम्बर अनिवार्य गरिएको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।