बुधबार, बैशाख १२, २०८१

एउटै शिर्षक घाः (घाऊ) अन्तर्गत ६६ कथाको विशेषांक विमोचित

शरण डंगोल / काठमाडौं चेत १७ नेपाल भाषाका आख्यानकार मथुरा सायमीको परिकल्पना र इलोह प्रकाशनको आयोजनामा शनिबार ६६ जना साहित्यकारहरुको सिर्जना घाः (घाउ) कथाहरुको संग्रहको रुपमा नलि नेपालभाषा मासिक पत्रिकाको विमोचन गरिएको छ ।

त्यसअवसरमा सहभागिता मध्य महिला तर्फ इश्वरी मैयाँ श्रेष्ठ उत्कृष्ट तथा सान्त्वना तर्फ बिमलप्रभा बज्राचार्य र पुरुष तर्फ रामकृष्ण मुनकर्मी उत्कृष्ट तथा ज्ञानिराजा मानन्धर सान्त्वना पुरस्कारबाट पुरस्कृत गर्दै आख्यानकार मथुरा सायमीले नेपालभाषामा पनि कथा विधामा कलम चलाउनेको जमात बढ्दै गएकोमा खुशी व्यक्त गर्नु भएको छ ।

त्यस्तै कार्यक्रमका सभापति एवं इलोह प्रकाशनका मूख्य सम्पादक नरेश वीर शाक्यले नेपालभाषाको साहित्य क्षेत्रको उन्नयन र अभ्युदयमा साथ दिने नेपाल भाषा प्रेमी तथा साहित्यकार लाई नमन गर्दै इलोहका प्रकाशनलाई माया एवं स्नेह दिई यहाँसम्म पुग्न सहयोग गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।