शनिबार, बैशाख ८, २०८१

उपराष्ट्रति पुनद्दारा ऐतिहासिक राधाकृष्ण मन्दिरको ताम्रपत्र अनावरण

राधाकृष्ण मन्दिरको निर्माणले नार्गाजुनलाइ धार्मिक पर्यटन क्षेत्रका विस्तारमा   सहयोग गर्ने : मन्त्री अधिकारी  
मन्दिर निर्माणपछि नार्गाजुन नगरपालिकाको चौतर्फी विकासमा नयाँ अध्याय सुरु हुने : नगर प्रमुख बस्नेत 

काठमाडौं मंसिर १८, उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिका वडा न. ७ मा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गर्नु भएको छ । १२५ रोपनी क्षेत्रफलमा छ अर्बको लगानीमा जगद्गुरु कृपालु प्रतिष्ठान नेपालले नगरपालिकाको सहकार्यमा नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा छ अर्बको लगानीमा सो मन्दिर निर्माण गर्न लागेको हो ।

कङ्क्रिट र रडको प्रयोग नगरी केवल इटालियन मार्वलबाट चार वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिएको उक्त मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास गरिएको छ ।

मन्दिरको ताम्रपत्र अनावरण गर्दै उपराष्ट्रपति नन्दवहादुर पुनले मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास व्यक्त गर्दै नेपालको धार्मिक सहिष्णुता विश्वकै लागि उदाहरणीय रहेको बताउँनु भएको छ । त्यस अवसरमा उहाँले जगदगुरु श्री कृपालु महाराजको पुस्तक ‘प्रेम रस सिद्धान्त’को समेत लाकापर्ण गर्नु भएको थियो ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विस्तार गर्न राधाकृष्ण मन्दिरको निर्माणले सहयोग गर्ने बताउनु भएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख मोहन बस्नेत लगायतले सारगर्विक अभिव्यक्ति सहित राधाकृष्ण मन्दिर निर्माण पछि नार्गाजुन नगरपालिकाको चौतर्फी विकासमा नया अध्याय सुरु हुने बताउँनु भएको थियो । यसअघि सोमवार नगरपालिकाको समेत आयोजनामा नागार्जुन नगरपालिका अन्तरगत वडा न ७ मा निर्माण गरिने श्री राधाकृण मन्दिर निर्माण कार्यको थालनीका लागि भूमी पूजन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।