बिहिबार, बैशाख १३, २०८१

 उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले भने- सकारात्मक काम गर्ने क्रममा सिङगो मन्त्रालय यहाँहरुको साथमा 

पोखरा जेठ २६,  नेपाल सरकारका नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल औषधी थोक व्यवसायीहरुले यसवीचमा झेल्दै आएको यावत समस्याको अलावा पछिल्लो समयमा मुलुकको औषधि र यसको कारोवारमा देखिएको समस्या सम्बोधनको लागि आफु सकारात्मक रहेको बताउँनु भएको छ । नेपाल औषधी थोक व्यवसायी संघ पिडान प्रदेश न. ४ द्दारा आज पर्यटकीय नगरी पोखरामा मन्त्री यादवको स्वागत सम्मानमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री यादले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै थोक औषधी व्यवसायीहरुको संरक्षणका लागि गठित थोक औषधी व्यवसायीहरुको छाता संगठन पिडान प्रदेश न ४ का अध्यक्ष रुद्र मल्लको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रमकावीच मन्त्री यादलले कुनैपनि वहानामा जनताले गुणस्तरिय औषधी सेवान गर्न पाउँनु पर्ने संविधानप्रदत मौलिक अधिकारबाट आफ्नो कार्यकालमा किमार्थ बन्चित हुनु परेको कुनैपनि घटना र औषधी व्यवसायीले पनि यो वा त्यो वहानामा जनतालाइ औषधीको नाममा आर्थिक लुट गरेको सुन्न नपरोस भन्ने आशय सहितको अभिव्यक्ति दिदै उहाँले भने- सकारात्मक काम गर्ने क्रममा सिङगो मन्त्रालय यहाँहरुको साथमा रहेको छ । यहाँहरुसंग हातेमालो गर्दै अगाडी बढ्न मन्त्रालय तयार रहेको र  जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्यअधिकारको  रक्षा गर्दै ढिलासुस्तीजस्ता विकृतिको अन्त्य गर्नुको अतिरिक्त स्वास्थ्य बीमालाई समिति गठन गरेर व्यवस्थित गर्दै अगाडि बढ्ने आफ्नो योजना रहेको  बताए ।

कार्यक्रममा संघको प्रादेशिक अध्यक्ष रुद्र मल्लले मन्त्री यादवलाइ स्वागत गर्दै औषधी व्यवसाय र व्यवसायीले अनेकन झन्झट व्यर्होनु परेको अवस्थालाइ दृष्टिगत गर्दै पछिल्लो समय व्यवसायीको हकाधिकार अलावा सुरक्षाका लागि समेत पिडान अस्तित्वमा आएको र मुलुकको ७ वटै प्रदेशमा पिडानको प्रादेशिक संरचना बनाउँने तयारीमा संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटा लागि पर्ने भएको जनाउ दिनु भएको छ । साथै उहाँले सम्पूर्ण व्यवासायी व्यवसायको प्रवद्र्धनका लागि संघ आग्रह पूर्वाग्रह विना मन्त्रालयसंग सहकार्य गर्न तयार रहेको बताउँदै मन्त्री यादवको कार्यकालमा यस क्षेत्रले उल्लेख्यरुपमा फड्को मार्ने विस्वास व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।