मङ्लबार, बैशाख ११, २०८१

उपत्यकाको सभ्यतासंग जोडिएको विश्व सम्पदाको संरक्षण आफैमा अपरिहार्य : सासंद श्रेष्ठ

भजनघर पुर्ननिर्माणका लागि महानगरको तर्फबाट नभइ व्यक्तिगतरुपमा आफ्नो बुवाको नाममा समेत प्रमुख शाक्यद्दारा सहयोगको घोषणा

काठमाडौं माघ १२ , काठमाडौं महानगरपालिका वडा नं १५ स्वयम्भूस्थित ज्ञानमाला भजन घर को एक कार्यक्रमकावीच शनिवार शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ, प्रदेश सभा संसद अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य , वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोलले सामुहिक रुपमा भजन घरको शिलान्यास गर्नुभएको हो ।

गत २०७२को महाविनाशकारी भूकम्पबाट जर्जर भएको उक्त भजनघरमा गत वर्षका पुस महिनामा भइको आगलागीबाट पूर्णक्षतिग्रस्त भएको थियो भने भजनघरमा रहेको हस्तकला, फर्निचर, भजनका सामग्रीलगायतका करिब रु ३० लाख वरावरको भौतिक क्षति भएको थियो ।

स्वयम्भूस्थित ज्ञानमाला भजनघरका शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य श्रेष्ठले विश्व सम्पदामा सूचीकृत रहेको स्वयम्भू नाथ नेपालको मात्र नभएर उपत्यकाको सभ्यता संग जोडिएको विश्वको सम्पदा भएको भन्दै यसको संरक्षण र प्रवर्धन आफैमा जरुरी रहेको बताउँनुभएको थियो ।

त्यस्तै कार्यक्रममा महानगर प्रमुख शाक्यले भजनघरको पुर्ननिर्माणका लागि महानगरको तर्फबाट नभइ व्यक्तिगतरुपमा आफ्नो बुवाको नाममा समेत सहयोगको घोषणा गर्दै यसक्षेत्रको विकासका लागि महानगर सदा तत्पर रहेको बताएका थिए । त्यस्तै कायएक्रमका अन्य वक्ताहले पनि क्षेत्रको सांस्कृतिक र पर्यटकीय विकासका लागि अख्तियार गर्नुपर्ने रणनितीक सुझाव सहितको अभिमत व्यक्त गरेका थिए ।

स्वयम्भूस्थित ज्ञानमाला भजनघरमा आगलागी

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174