शनिबार, बैशाख ८, २०८१

उद्योगपति तथा पूर्वसांसद गोल्छाको निधन

काठमाडौं चैत २७, नेपालका प्रसिद्ध उद्योगपति तथा पूर्वसांसद दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा भारतको चेन्नइमा गएराति निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साता अघिमात्र मिर्गौला प्रत्यारोपण गरिएके परिवारीब स्रोतले जनाएको छ ।
हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेसनले चलाउँदै आएको छ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।