बिहिबार, बैशाख १३, २०८१

उत्कृष्ट विद्यालयका लागि व्यवस्थापन समिति र अभिभावक दुवैको दायित्व महत्वपूर्ण : सासंद श्रेष्ठ

गुणस्तरिय शिक्षा सहितको १० जोड दुइको थप व्यवस्थापन गर्ने तयारी : अध्यक्ष मुल्मी
विद्यालय पढाइमा मात्र नभइ विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उच्चतम नतिजा प्राप्त गर्न सफल: प्रअ श्रेष्ठ

काठमाडौँफागुन २५, काठमाडौं महानगर पालिका वडा न. १५ स्थित सुप्रिम स्कूलले आफ्नो स्थापनाकालको १२ औं अभिभावक दिवस २०७५ आज एक विशेष कार्यक्रमका वीच मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द मुल्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी संघीय संसदका सदस्य जीवन राम श्रेष्ठले कार्यक्रमको औपचारिक सुभारम्भ गर्दै विद्यालयको भौतिक पूर्वाधार एवम् क्रियाकलाप अनुरुप स्कूलको नाम रहेको बताउँदै नाम अनुसारकार व्यवाहर पाउँन मुस्किल रहेको अवस्थामा सुप्रिम स्कूलले त्यस पक्षलाइ जिवन्त राखेको बताउँनुभएको छ ।

त्यस्तै उहाँले सरकारले निशुल्क शिक्षाको अवधारणा लाइ अक्षरस कार्यान्वयन गराउँन आवश्य सम्पूर्ण मापदण्ड तयार गरिसकेको जनाउ दिदै समृद्ध मुलुक सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्नका लागि शिक्षा जगतको विकास आफैमा अपरिहार्य रहेको भन्दै यसको लागि विद्यालय व्यवस्थापन र अविभावक दुवैको उत्तिकै दायित्व रहेको बताउँनु भएको छ । त्यस अवसरमा उहाँले विद्यालयद्दारा आयोजित विभिन्न विधागत प्रतियोगितामा उटकृष्ट रहेका विधार्थिलाई पुरस्कार समेत वितरण गर्नु भएको थियो ।

  त्यस्तै कार्यक्रममा विद्यालयका प्रअ श्याम श्रेष्ठले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयप्रति अविभावकले देखाएको सदासयताका कारण दिन दुइ गुणाको रफ्तारमा विद्यालयले पढाइमा मात्र नभइ विभिन्न अतिरिक्त क्रियाकलापमा समेत उच्चतम नतिजा प्राप्त गर्न सफल भएको जानकारी दिनु भएको थियो ।

त्यस्तै गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकन्द मुल्मीले मुलुकको परिवर्तित पछिल्लो संरचना अनुरुप स्थानीय सरकारको मातहतमा आएको विधालयको भौतिक संरचना , गुणस्तरियता लगायतका यावत पक्षका मुल्याकन गर्दै स्थानीय सरकारले हाम्रो होइन राम्रो विद्यालयको प्रमोटमा भस्मिका खेल्नुपर्ने बताउँनुदै सुप्रिम स्कूलले गुणस्तरिय शिक्षा सहितको १० जोड दुइको थप व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिनु भएको छ ।  कार्यक्रममा सास्कृतिक कार्यक्रम र  खेल कौशल लगायतका  प्रतिभा समेत प्रस्तुत गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।