मङ्लबार, बैशाख ११, २०८१

इन्द्र जात्राको अवसरमा राष्ट्रपतिबाट जिवित देवी श्रीकुमारीको दर्शन सहित पूजाअर्चना

 काठमाडौ असोज ८, आज उपत्यका मनाईएको राष्ट्रिय पर्व इन्द्रजात्रा पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई आज श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पूजा अर्चना सहित रथ यात्रा जिवित देवी श्री कुमारीको दर्शन गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपतिले गद्दी बैठकबाट इन्द्रजात्रा सहित देवी नाच देवताको गण, पुलुकिसी नाच लगायत सवःभक्कु, महाकाली, लाखेनाच पनि हेर्नु भएको थियो ।  
इन्द्रजात्राको अवसरमा जात्रा हेर्नका लागि बसन्तपुरमा कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत उपस्थित भएका थिए । आजको दिन कोने जात्रा भन्दै कुमारी, गणेश र भैरवको रथ कुमारीघर बसन्तपुरबाट तानेर मरु, चिकंमुगल, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, कोहिटी, भीमसेनस्थान हुँदै कुमारीघर पुर्‍याएर सम्पन्न गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।