शनिबार, बैशाख ८, २०८१

इञ्जिनीयर्स एशोसिएशनको निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशील समूहवीच प्रतिस्प्रधा हुँदै

काठमाडौं मंसिर २८,  नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्य समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।

 केन्द्रीय समितिका १८ र प्रत्येक प्रदेश समितिका १६/१६ पदका लागि  हुदै गरेको प्रस्तुत निर्वाचनमा लोकतान्त्रिक समूहबाट केन्द्रीय समितिमा इञ्जिनीयर प्रा हीरेन्द्रमान शाक्य अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । समूहबाट उपाध्यक्षमा इ डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा इ अभिमन्युलाल सिंह, उपमहासचिवमा इ अशोककुमार शाह, कोषाध्यक्षमा इ अपिल केसी र सहकोषाध्यक्षमा इ जानुका थापा चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै प्रगतिशील समूहबाट अध्यक्षमा प्रा डा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा इ आषिश घिमिरे, महासचिवमा इ छविलाल पोखरेल, उपमहासचिवमा इ कपिल आचार्य, कोषाध्यक्षमा इ रामइकवाल यादव, सहकोषाध्यक्षमा इ चाँदमाला श्रेष्ठ चुनावी मैदाना रहेका छन ।

दुवै समूहले व्यावसायिक हकहितका बारेमा घोषणापत्र पनि जारी गरेका छन् ।  बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह् ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।