शुक्रबार, बैशाख ७, २०८१

इँटा उद्योगको पर्खाल भत्कँदा दुई बालबालिकाको मृत्यु

काठमाडौं माघ ३,  इँटा उद्योगको पर्खाल भत्कँदा आज दुई जना बालबालिकाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । भक्तपुरका सानु कोजूले सञ्चालनमा ल्याएको उक्त इँटा उद्योगको इँटाको टुक्रा टिप्ने क्रममा सोही उद्योगमा काम गर्ने मजदूरका बालबालिका खेलिरहेका अवस्थामा अन्दाजी १० फिटको पर्खाल भत्किएको हो

भत्किएको पर्खाकाले रोल्पा जिल्ला गङ्गादेवी गाउँपालिका –१ का ज्ञानबहादुर परियारका ३ वर्षीया छोरी जेनिसा र रोल्पा जिल्ला मारीगाउँ गाउँपालिका–३ का नवीन विकका ११ महीनाका छोरा निर्माणको मृत्यु भएको पाँचखाल प्रहरीलाइ उदृत गर्द प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै घाइते दुवै बालबालिकाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाउँदै घाएते भएका ३ वर्षीया झरनाको टाउकामा गम्भीर चोट लागेको र ३५ वर्षीया सीता पासवानको छातीमा चोट लागेको जनाउँदै उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु