बिहिबार, चैत्र १५, २०८०

आर्थिक लाभ लिदै नक्कली श्रम स्वीकृति जारी गर्ने वैरोका २५ कर्मचारीविरुद्ध मुद्दा दायर

 काठमाडौ कार्तिक ९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई आवश्यक कागजात भनएको अवस्थामा समेत व्यक्ति गत आर्थिक लाभ लिदै श्रम स्वीकृति प्रदान गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यसरी आर्थिक लाभ लिदै नक्कली कागजात बनाई श्रम स्वीकृति प्रदान गर्ने कार्यमा संलग्न वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेशविक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ र रामप्रसाद ओली त्यस्तैगरि नायब सुब्बा अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, रवीन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री र केशवराज ढुङ्गानाविरुद्ध गलत लगत खडा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कम्प्युटर अपरेटर अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाहीविरुद्ध पनि आरोपपत्र दायर गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।