शुक्रबार, बैशाख ७, २०८१

आर्थिक अभावले थप उपचारमा समस्या, श्रीमतीको ज्यान वचाउनका लागी याचना

नेपालगन्ज बाँके  चैत २२/बसन्त शर्मा 

 चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछी आर्थिक अभावका कारण नेपालगन्ज उपमहानगरपालिका ७ की २३ वर्षीया पुनम नेपालीको थप उपचार हुन सकेको छैन् । ३ महिना अघि शरिर निलो हुँदै गएपछि नेपालगन्ज स्थित नर्सिंग होममा स्वास्थ्य परिक्षण गराउँदा चिकित्सकले नेपालगन्जमा उपचार सम्भव नभएको भन्दै लखनऊ लैजान परिवारलाई बताएपछि उनका श्रीमान सुरेश नेपालीले थप उपचारका लागी लखनउ लगेका थिए । आर्थिक अभावका कारण लखनउमा पनि उपचार सम्भव हुन सकेन् ।

हाल काठमाडौं नयाँ बानेश्वर स्थित सिभिल सर्भिस अस्पतालमा उनको उपचार भइरहेको भएपनि तत्काल चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछि उनिलाई मगंलबार डिस्चार्ज गरीएको उनका श्रीमान सुरेशले बताएका छन् । सिभिल सर्भिस अस्पतालमा डा. विशेष पौडेल सहितको चिकित्सकको टोलिले उनको उपचार गरीरहेको भएपनि थप उपचार अघि बढाउन तत्काल रु १० देखी १५ लाख रकम आवश्यकता पर्ने बताएपछि उनका श्रीमानले आफ्नी श्रीमतीको ज्यान वचाउनका लागी याचना गरीरहेका छन् ।

सिभिल सर्भिस अस्पतालबाट बाहीरीएर दक्षिकाली स्थित आफन्तको डेरमा आश्रय लिइरहेका नेपाली दम्पतिलाई आर्थिक श्रोत नजुटाउन अप्ठेरो परिरहेको छ । नेपालगन्जमा पेन्टिगंको काम समान्य मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरेका नेपाली झण्डै ३ महिनादेखी काममा जान सकिरहेका छैनन् । अहिले सम्म उनको उपचारमा झण्डै रु ५ लाख रकम खर्च भइसेको अवस्थामा थप रकम जुटाउन नेपाली दम्तीलाई मुस्किल भइरहेको छ ।केही दिन अघि उनको उपचारका लागी नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले रु. ५० हजार सहयोग गरेका थिए । उनिलाई आर्थिक सहयोग गर्न चाहनेले श्रीमान सुरेश नेपालीको मोबाइल नम्बर ९८२५५७१५४१मा सम्पर्क गर्न सक्नेछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु