शुक्रबार, बैशाख ७, २०८१

आयोडिन सम्बन्धी चेतना अभिवृद्धिका लागि आयोडिन मन्थ मनाइदै

आयोडिनयूक्त नूनको प्रवद्र्धनका लागि एक महिने चेतना मूलक गतिविधि सञ्चालन गरिने

 काठमाडौ माघ १८,  आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पाेरेशनले सन् २०१८ फेबुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ ।   नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन महिना (आयोडिन मन्थ) घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।

नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन २०१६ को नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका वालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गर्दै आएको सर्वे रिपोर्टमा उल्लेख भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोडिनको कमीका कारण मुलत गलगाडको समस्या देखिएपछि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पाेरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएसंगै गलगाड रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा शून्य दशमलव चारमा झरेको उल्लेख गर्दै यसलाइ अझ थप प्रभावकारी बनाउन आसन्न १ महिना आयोडिन महिनाका रुपमा मनाउदै चेतनामूलक गतिविधि अन्र्तगत महिनासम्म आयोजना गरिने कार्यक्रमहरुमा साल्ट ट्रेडिङ कर्पाेरेशनले नेपाल सरकारको जनस्वास्थ्यसंग सम्बन्धित निकाय विद्यालय, समुदाय एवंम गैर सरकारी संघ।संस्था,स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्था संगको समन्वयमा स्वास्थ्य शिविर, पम्पलेटिङ चेतना मूलक सामग्री बितरण, अन्र्तक्रिया लगायतका विभिन्न कार्यक्रमको आयोजनासंगै दुई बालबालिका चिन्ह अंकित आयोडिनयसक्त पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण समेत गर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031