शनिबार, बैशाख ८, २०८१

आयोगले भन्यो: प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ

काठमाडौ बैशाख १० ,  निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा भर्खरै मात्र ३ तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुख आयुक्तको घरमा भएको घटनालाई ध्यानमा राखी डा यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन र घटनाको यथाशीघ्र छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।

आइतबार राति डा यादवको निवासमा विष्फोट हुँदा निजी निवासका पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।