शुक्रबार, बैशाख ७, २०८१

आयोगले भन्यो – गंगामायाको जीवनरक्षा गर

  काठमाडौं जेठ २१,  राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन र दोषीमाथि कानूनी सजायको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचाररत गंगामायाको जीवनरक्षा गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको स्वास्थ्यास्थाप्रति संवेदनशील भई जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गर्न आयोगले सम्बन्धित सबै पक्ष एवं निकायलाई आग्रह गरेको हो ।

छोराको न्यायका लािग यही जेठ १५ गतेदेखि पुनःअनशनमा बस्दा र पटक पटकको अनशनका कारण निजको स्वास्थ्यावस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएको बताइएको छ । सरकार र सम्बन्धित निकायसमेतलाई पटक पटक ध्यानाकर्षण गराउँदा त्यसतर्फ कुनै सुनुवाइ नहुनु तथा न्याय छिटोछरितो र सर्वसुलभ हुनुपर्ने मूल्य मान्यताको परिपालना नहुँदा न्यायिक संयन्त्रप्रतिको जनआस्थामा समेत प्रश्न खडा हुने गरेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु