मङ्लबार, बैशाख ४, २०८१

आयोगले बुझायो राष्ट्रपति भण्डारीलाइ आफ्नो प्रतिवेदन

काठमाडौ पुस ९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज आफ्नो आर्थिक वर्ष २०७४÷७५ प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेका छन ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमकावीच आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले २८औँ प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिवेदनमा आयोगको परिचय, सम्पादित कार्यअन्तर्गतका अनुसन्धान तथा अभियोजनको विश्लेषण, भ्रष्टाचार नियन्त्रका लागि चालिएका निरोधात्मक तथा प्रवद्र्धनात्मक उपाय, संस्था सुदृढीकरणका लागि भएका प्रयास, भ्रष्टाचारजन्य कार्यको विश्लेषण, सुझाव, आगामी रणनीतिक कार्यदिशासहित विषयवस्तु समेटिएको आयोगले जनाउँदै त्यस अवसरमा आयुक्तहरू डा. गणेशराज जोशी, राजनारायण पाठक, उषा गुरुङ र सचिव महेश्वर न्यौपानेलगायतको उपस्थित रहेको आयोगले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।