शुक्रबार, बैशाख ७, २०८१

आयोगद्दारा गठित उच्चस्तरीय अनुगमन टोलीले निर्वाचनको अनुमगन गर्ने

काठमाडौ मंसिर २०,  राष्ट्रिय मानवअधिकार आयोगले विहिवार ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको  अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ अनुरुप उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।
अध्यक्ष शर्माको नेतृत्वमा मानवअधिकारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, कानून व्यवसायी संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि संलग्न रहेको उच्चस्तरीय अनुगमन टोली गठन गरिएको आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा आयोगले निर्वाचन सुरक्षा व्यवस्था तथा मानवअधिकारको उचित सम्मान र संरक्षणका लागि निर्वाच आयोग र सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखबीच छलफल गर्दै प्रस्तुत निर्वाचनलाइ शान्तिपूर्ण तथा मानवअधिकारमैत्री बनाउन सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930