शुक्रबार, चैत्र १६, २०८०

आम मतदातालाई निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त डा.यादवको आग्रह

काठमाडौ मंसिर १९, प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बिहीबार ४५ वटा जिल्लामा हुने हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आम मतदाताहरुलाई आग्रह गरेका छन् ।

 त्यस्तै यादवले सरकारले आम मतदाताहरुको लागि भरपर्दो सुरक्षा प्रवन्धको व्यवस्था मिलाएको जनाउ दिदै आसन्न निर्वाचनलाई पर्वको रुपमा ग्रहण गर्दै  दृढतापूर्वक मतदान गर्न आह्वान समेत गर्नु भएको छ । त्यस्तै उहाँले मौन अवधिमा आचारसंहिता विपरित काम भएको पाईए आयोगले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।