शुक्रबार, चैत्र १६, २०८०

आफुलाई आफैले चिन्नु नै पहिचानको चिनारी: शताब्दी पुरुष जोशी

काठमाडौ फागुन १८ , रामचन्द्र प्रजापति । सिद्दिदास प्रतिष्ठान भक्तपुरले एक कार्यक्रमकावीच नरेन्द्र भक्त हाडाको म्हसिका मालेगु झ्वलयले नामको पुस्तकको विमोचन गरिएको छ ।

शताब्दी पुरुष सत्य मोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पुस्तक विमोचन कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा शताब्दी पुरुष जोशीले आफुलाई आफैले चिन्नु नै पहिचानको चिनारी भएको बताउँदै आफ्नो मातृभाषालाई पहिला चिन्नु पर्ने अभिप्रेरणा प्रस्तुत पुस्तकले दिएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नेवा दे दबुका अध्यक्ष नरेश ताम्राकार ,भाषा आन्दोलनका अगुवा मल्ल के सुन्दर ,वर्ल्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन, विराट नेपाल भाषा सहित्य सम्मेलन गुथिका पुर्व अध्यक्ष सहित्यकार त्रिरत्न शाक्य ,नेपाल सहित्य मन्दिरका तिलक प्रसाद कायस्थ , सिद्दिदास प्रतिष्ठानका सचिव अमर रत्न ब्रजाचार्य, पुस्तक प्रकाशनमा विशेष योगदान गर्नु हुने महेन्द्र गोपाल कर्मचार्य ,प्रदीप शाक्य लागायतले वक्ताले लोकार्पण गरिएको लेखक हाडाको पस्तक म्हसिका मालेगु झ्वलयले पुस्तक माथि नेवार जातिको आर्थिक सामाजिक सांस्कृतिक भाषिक र राजनितिक दृष्टिकोणबाट चर्चा गर्नु भयो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।