शुक्रबार, चैत्र १६, २०८०

आपराधिक समूह घोषित विप्लवका पोलिटब्यूरो सदस्य कार्कीसहित १ दर्जन भन्दा बढि कार्यकर्ता पक्राउ

अवैध हातहतियार सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी

काठमाडौ चैत ५,  सरकारले गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठक मार्फत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय आपराधिक समूहको घोषणा गर्दै प्रतिबन्ध लगाएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि कारवाही गर्ने क्रममा प्रहरीले अहिलेसम्म १ दर्जन भन्दा बढि नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

नेकपाको प्रत्येक गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको जनाउँदै प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पछिल्लो पटक उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको जानकारी दिनु भएको छ । यसअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि पनि कारवाही जारी रहेको प्रवक्त सुवेदीले जानकारी दिनु भएको छ ।

त्यस्तै यसैवीच सरकारले विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि आपराधिक देखिएको निष्कर्ष सहित विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गर्नुको अलावा गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।