बिहिबार, चैत्र १५, २०८०

आज ४.१  म्याग्निच्यूड भूकम्पको कडा धक्का महसुस

काठमाडौं चैत ४,  काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान बिहान ९ बजेर १ मिनेट जाँदा भूकम्पको कडा धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङलाइ केन्द्रबिन्दु बनाउँदै गएको ४.१ म्याग्निच्यूडको भूकम्पका कारण जनमानसमा सन्त्रास थपिएको जनाएको छ । यद्यपी आजको परकम्प पनि  २०७२ वैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।

यसअघि कीर्तिपुर आसपासका क्षेत्रलाइ केन्द्रबिन्दु बनाउँदै ४ रिक्टर स्केलको परकम्प गएको भएको छ । साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।