बिहिबार, बैशाख १३, २०८१

फेरि एक पटक मुलुकले आन्दोलन माग गरेको काँग्रेस सभापतिको जनाउ

आज ३६ औँ बिपी स्मृति दिवस :

 काठमाडौं साउन ६, आज मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३६ औँ स्मृति दिवस नेपाली काँग्रेस र बिभिन्न भातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउदैछन् ।  विसं १९७१ सालभाद्र २४ गते भारतको बनारसमा जन्मेका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते आजकै दिन निधन भएको थियो ।  २००७ सालमा १०४ बर्षीय जहानीया राणशासनबिरुद्ध जनक्रान्ती��ो नेतृत्व गर्दै मुलकुमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

विपी कोइराला मुलुकको परिवर्तनमा मात्र नभएर भारतीय स्वतन्त्रताको आन्दोलनमा समेत सहभागी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक आर्दश एवम् धरोहर मानिन्छ ।  उहाँ  २०१५ सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भएका थिए ।  तर कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रले सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई जेल हाल्नुभयो । विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।  मृत्युदण्ड सहितको मुद्दाको पनि कुनै पर्वाह नगरी ०३३ सालमा भारतवाट मेलमिलापको निती सहित स्वदेश फर्किका विपिले २०१७ सालमा खोसिएको प्रजातन्त्रको पुनः प्रजातन्त्र स्थापनामा सक्रिय रहँदारहँदै अवस्थामा २०३९ श्रावण ६ गते उहाँको दुःखद निधन भएको थियो ।

यसैवीच विपी कोइरालाको ३६ औँ स्मृति दिवसको अवसरमा  काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शीर्ष नेताहरुले वर्तमान सरकार एकदलीय तानाशाही शासन व्यवस्था लाद्न लागि परेको र नागरिकको अधिकार तथा स्वतन्त्रता कुण्ठीत गर्दै लगेकाले फेरि एक पटक
मुलुकले आन्दोलन माग गरेको बताउँनु भएको छ ।  कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादको वकालत गर्ने कम्युष्टि सरकार सबैभन्दा भ्रष्ट रहेको आरोप सहित ठा केसीले उठाएको माग पूरा नभए कांग्रेसले देशभर आन्दोलन गर्ने बताए ।  त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु डा। रामशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड लगायतकाले काँग्रेसले वीपीको नीति नछोडेको जनाउ दिै कम्युनिष्टनिति विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको बताउँनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Published on: Jul 22, 2018