शुक्रबार, चैत्र १६, २०८०

आज हिंसा र अशान्तिको राजनीतिलाई विश्राम दिने नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष जिपी कोइरालाको नवौँ स्मृति दिवस

काठमाडौं चैत ७, संघीय लोकतान्त्रिक गणतन्त्रका सूत्रधारा नेता स्व: गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । उहाँको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो ।   नेपाली राजनीतिमा संयोजनकारी भूमिका खेलेर माओवादी द्वन्द्वलाई शान्ति प्रक्रिया हुँदै देशलाई संघीय गणतान्त्रिक मुलुकमा रुपान्तरण गर्न स्व कोइरालाले  खेल्नु भएको भूमिका आफैमा सस्मरणीय रहेको छ ।

स्व कोइरालालको मुख्य विशेषता भनेकै एक सफल राजनीतिज्ञका साथै पार्टी कमजोर हुँदा होस् या बलियो हुँदा होस् उहाँ सधैं राजनीतिको केन्द्रमै रहनु हो । यसैकारण उहाँ रहन्जुल सम्म सधै कोइराला परिवार वृतमा केन्द्रीत रहने मुलकको राजनिती पछिल्लो समय केहि कमजोर भएको सर्वत्र महसुस गरिएको छ । 

लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहै । उनले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै बृहत शान्ति सम्झौता गर्नुमा महत्वपूर्ण नेतृत्व प्रदान गर्दै २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली ,राजतन्त्रको वहिगर्मन , नेपाली सेनालाई संसद मातहत ल्याउँनु जस्ता महत्वपूर्ण कार्य सम्पादनका कारण तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मानी गरेका थिए ।   साथै  स्व कोइराला यिनै कारणले गर्दा पछिल्लो समय नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष बन्न सफल भएका थिए ।

कोइरालाको राजनीतिक यात्राका केहि महत्वपूर्ण सस्मरण यस्तो छ:  नेपाली राजनीतिमा उनी नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष थिए । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोगेका थिए ।

उनले चार वर्षको काराबकासपछि २१ दिन भोक–हडताल गरे । छुटेर उनी भारत प्रवासमा जाए । उनी २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वाचित भए । उनी लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि भए । २०४६ सालको जनआन्दोलनका बेला उनी नै महामन्त्री भए । र, २०४८ को आमनिर्वाचनपछि जननिर्वाचित प्रधानमन्त्री भए ।

२०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि ‘कम्युनिस्ट विरोधी’ नेताका रूपमा चित्रित थियो । तर झण्डै १६ वर्षको अवधिमा उनको राजनीतिक जीवनमा ठूलै परिवर्तन आयो । सुरुमा द्वन्द्वरत नेकपा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उनी त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित भए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उनीलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गरे ।

२०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरे । २०६३ मंसिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो ।

पहिलो संविधानसभाको निर्वाचन गराएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष बने । उनी प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय ग-यो र राजतन्त्रको अन्त्य भयो । विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल बनेकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन् ।

 

साथमा यो पनी

गिरिजाप्रसाद काँग्रेसको मात्र नभई राजनेताका रूपमा सबै नेपालीको अभिभावक :अध्यक्ष प्रचन्द्र

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।