बिहिबार, चैत्र १५, २०८०

आज शक्तिस्वरुपा महाकालीको विशेष पूजा सहित महाअष्टमी पर्व मनाइँदै

ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोस्तु ते ।।

काठमाडौ असोज १२, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज दुर्गा भवानीको पूजा आजा गरी भब्यताका साथ मनाउँदैछन् ।बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा आजा सहित  शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका बिभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको बिशेष पूजा आजा गरिन्छ । त्यसोत आजको दिन महागौरी र दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको गरिएको छ । आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सड्कटा, वज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ । यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलदुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।