बिहिबार, चैत्र १५, २०८०

आज लौहपुरुष स्व सिंहको २१औँ स्मृति दिवस मनाइदै

 काठमाडौ असोज २, जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान कामपा वडा न१५स्थित शोभाभगवती मन्दिर परिसरमा रहेको स्व सिंहको शालिकमा गणेशमान सिंह फाउण्डेशनले माल्यार्पण कार्यक्रमको आयोजना  गरिएको छ ।

माल्यार्पण कार्यक्रममा स्व सिहंका सुपुत्र एवम काँग्रेस नेता प्रकाशमान सिंहले रहेको स्व सिंहको सालिकमा माल्यार्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको रहेको चर्चा गर्दै पदभन्दा पनि जनताको हकहितका लागि लड्ने व्यक्ति गणेशमान भएको बताउँनु भएको छ । त्यस्तै उहाँले स्व सिंह सङ्घर्षशील, त्यागी र प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता भएकै कारण काङ्ग्रेस स्व सिंहको विचारलाई अनुशरण गरेर अगाडि बढिरहेको बताउँनु भएको छ ।

 कार्यक्रममा  पाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, नेपाली काँग्रेसका जिल्ला सभापति सबुज बानियाँ भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारी लगायतले पनि स्व सिंह नेपाली राजनीतिका अनुकरणीय व्यक्ति भएको बताउँदै उहाँप्रति श्रद्धासुमन अभिव्यक्त गर्नु भएको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।