शुक्रबार, चैत्र १६, २०८०

आज लौहपुरुष सिंहको २० औँ स्मृति दिवस मनाइदै

काठमाडौं असोज २ , वि स २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम्  लौहपुरुष सिंहको २० औँ स्मृति दिवस विभिन्न कार्यक्रम सहित मनाईंदैछ । १९७२ सालमा जन्मिएका b1सिंहको २०५४ साल आश्विन २ गतेका दिन निधन भएको थियो । लौहपुरुषका नामले समेत चिनिएका उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका व्यक्तित्व स्वर्गीय सिंहको स्मृतिमा राजधानीको शोभा भगवतीमा रहेको उहाँको प्रतिमामा एक कार्यक्रमका वीच आज माल्यार्पण कार्यक्रमको आयोजना गरेको छसालिकमा माल्यार्पण गरिएको छ ।

माल्यार्पण कार्यक्रममा स्व सिहंका सुपुत्र एवम काँग्रेस नेता प्रकाशमान सिंहले रहेको स्व सिंहको सालिकमा माल्यार्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको रहेको चर्चा गर्दै पदभन्दा पनि जनताको हकहितका लागि लड्ने व्यक्ति गणेशमान भएको बताउँनु भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति सबुज बानियाँ लगायतका वक्ताले पनि स्व सिंह नेपाली राजनीतिका अनुकरणीय व्यक्ति भएको बताउँदै उहाँप्रति श्रद्धासुमन अभिव्यक्त गर्नु भएको थियो ।

यसैवीच ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए । तर सिंहका ती कालजयी विचार र सुझावलाई नेपाली कांग्रेसले आजको मितिसम्मपनि सम्मान गर्न सकेका छैन ।