शनिबार, बैशाख ८, २०८१

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइदै

काठमाडौं बैशाख २४,  राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ ।
३ वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा राज्य वरिष्ठ सञ्चारकर्मीहरुलाई सम्मानसमेत गर्दै छ ।

यसैक्रममा सरकारले यसवर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा। महेन्द्र विष्ट र पत्रकार डा। राजेश अहिराजलाई प्रदान गर्नेभएको छ ।   यस्तै, वरिष्ठ पत्रकार सम्मान २०७४ पत्रकारहरु बबिता बस्नेत, कौशल चेम्जोङ र निमबहादुर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।   आज राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीले पुरस्कार प्रदान गर्नु हुनेछ । पुरस्कारको राशी जनही दुई लाख रुपैंयाँ रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।