शुक्रबार, बैशाख ७, २०८१

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने

 काठमाडौ वैशाख ३०,  आज वर्षा र सहकालका देवताको रुपमा पूजीने रातो ललितपुरस्थित रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन अन्र्तगत ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाइने भएको छ ।  रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याएको ४ दिनपछि राष्ट्राध्यक्षको उपस्थितीमा भोटो देखाउने परम्परा अनुरुप आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा भोटो देखाउन लागेको हो ।

जात्रा हेर्न आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी जाउलाखेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मच्छिन्द्रनाथको भोटोको सवालमा प्राप्त किंवदन्तीअनुसार परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरुप नागराजले दिएका हुन् । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको प्राचीन मान्यता छ ।  कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच धेरै विवाद भएकाले दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रुपमा देवताले उक्त भोटो राखेकाले हरेक वर्ष भोटो देखाउने गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु