मङ्लबार, बैशाख ११, २०८१

आज छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै

काठमाडौ कार्तिक ९,  आज राजधानी लगायत तराइका धेरैजसो जिल्लामा सूर्यदेवको उपासना गर्दै आज छठ पर्वको मुख्य पूजा अर्थात सँझिया घाट धुमधामका साथ मनाइदै छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरि मनाइने यो पर्व मंगलबारबाट शुरु भएको हो । आज मुलत छठपर्व अन्तर्गत साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिने गरिन्छ ।

आज साँझपख जलासय, नदीमा नुहाएर अस्ताउन लागेको सूर्यको विशेष पूजा अर्चना सहित राजधानीको टङकेश्वर , गौरी घाट, , रानीपोखरी, त्यस्तै गरि ललितपुरको शङखमूल र भक्तपरको हनुमानघाटलगायतका अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी सुर्यलाई अर्घ दिनेहरुको भिड लाग्ने गर्दछ ।   त्यस्तै छठपवका व्रतीले आज रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर भोलि बिहान पुनः उदाउँदो सूर्यको पूजाअर्चना सहित अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।

यसअघि बुधवारका दिन ब्रतालुले खरना पूजा गर्दै राति खीर, पुरी गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाएका थिए । छठमा विशेषगरि पीठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, उखु, केरालगायतका सामग्री प्रसादका रुपमा अर्पण गर्ने चलन रहेको छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।