शनिबार, बैशाख ८, २०८१

आज एकता संयोजन समितिको बैठक बस्दै

 पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको भन्दै झयाली पिट्ने कहिलेसम्म?

काठमाडौ माघ २६,  एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई गति दिन भन्दै आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । आजको संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल सहित आवश्यक थप समिति गठन गर्ने तयारी रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

यद्यपी स्रोतको अनुसार विहिवार भएको एमालेका अध्यक्ष ओली र केन्द्रका अध्यक्ष प्रचण्डबीच वीचको छलफलको अवस्था हेर्ने हो परिणाम त्यति सहज नभएपनि कार्यकर्ता वृतमा जारी उत्साह बनाइ राख्न यी दुइ पार्टीवीचको एकता सवाललाइ नाटकीय ढंगबाट अगाडी बढाउने काम भइरहेको बुझ्न त्यती मुस्किल छैन ।   त्यस्तै मुलकमा तीन तहको निर्वाचन मात्र नभएर राष्ट्रियसभाको निर्वाचन समेत सम्पन्न भइसक्दा पनि माओवादी केन्द्रले पहिले पार्टी एकताको मार्ग अवलम्बन गरौ भन्दै गर्दा एमाले भने पार्टी एकताको काम हुँदै गर्छ भन्दै पहिले सरकार गठनको प्रक्रिया सुरु हौसिनुले समेत यसको पुष्टि गरेको स्रोतको दावी रहेको छ ।

तर पनि पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको भन्दै झयाली पिट्ने काम भने नरोकिएको बताईएको छ ।