शुक्रबार, चैत्र १६, २०८०

आजबाट ललितपुरमा बृहत कला र सांस्कृतिक महोत्सव शुरु

ललितपुर चैत १३,  विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कला नगरी घोषणाकला गरेसंगै स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ललितपुर महानगरपालिका–१६ मा ‘बृहत कला र सांस्कृतिक महोत्सव’ शुरु भएको छ । कला संस्कृतिको महोत्सव’ भन्ने मसल नारा सहित आज उपरानाराका साथ महोत्सवमा हस्तकला व्यवसाय प्रवद्र्धनका लागि आयोजित महोत्सव नेपाल सरकारका उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमकावीच शुभारम्भ गरिने भएको छ ।

त्यस्तै महोत्वसमा काष्ठकला, धातुकला तथा मूर्तिकलाको जीवन्त प्रदर्शनीका साथसाथै परम्परागत बाजागाजाको झाँकी लगायतको प्रदर्शनी गरिने बताए ।

त्यस्तै परम्परागत बाजागाजाको झाँकीको प्रदर्शनी आदिबाट यहाँको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वको सम्पदाको संरक्षण गर्ने र भाषा संस्कृतिको विकासको एकमात्र अभिष्ट रहेको प्रस्तुत महोत्सवमा स्थानीय वडाका करीब ६० प्रतिशत जनसंख्या पुस्तौदेखि गर्दै आएको हस्तकलाको प्रवद्र्धन संगै सबैको स्वामित्व, अपनत्व र सहभागितालाई जोड दिइने बताईएको छ।  साथै महोत्सवमा धातुकला, मूर्तिकलालगायतका २५ स्टल रहेका छन् । नकवहिलस्थित लोकाकीर्ति महाविहारमा रहेको रञ्जना लिपि लेखन विधि र गेडागुडीको मण्डला प्रदर्शनी समेत गरिने बताईएको छ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।