शुक्रबार, चैत्र १६, २०८०

आजबाट फुटवलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता शुभारम्भ हुँदै

   पहिलो खेलमा रुस र साउदी अरेबिया भिड्ने

काठमाडौं जेठ ३१,  फुटवलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता अन्र्तगत २१औं संस्करण आजबाट रुसमा सुरु हुँदैछ । नेपाली समयअनुसार आज  रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोह आयोजना हुने भएको छ ।

अन्र्तराष्टि समाचार माध्यमका अनुसार रुसको राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्षबाट विशेष सम्बोधन सहित कार्यक्रमको सुभारम्भ हुने जनाएको छ ।

 त्यस्तै उद्घाटन खेलमा पहिलो खेल आयोजकराष्ट्र रुसले साउदी अरेबियासँग खेल्दैछ भने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षालाइ ल लक्षित गर्दै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।