शुक्रबार, बैशाख ७, २०८१

आजबाट नेस ११३९ सुरु ,नेपाल सम्वत सबैको साझा सम्वत: मन्त्री पण्डित

(फाइल फोटो)

 काठमाडौ कार्तिक २२, आज बाट शुरु भएको नेपाल संवत् ११३९को अवसरमा देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराउनुभएको थियो ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो । नेपाल संवत्को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको अगुवाइमा हुने गरेको सास्कृतिक जुलुस लगयतका विभिन्न प्रस्तावित कार्यक्रम यस पटक स्थगन गरिएको छ । नहुने भएको छ ।

( फाइल फोटो)

समितिले नेपाल भाषा आन्दोलन संग प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्व एवम मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको असामयिक निधनसंगै उहाँको सम्मानमा श्रद्धाञ्जली समर्पण गर्दै सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेसंगै विगतमा जस्तो सास्कृतिक जुलुस सहित बसन्तपुरबाट शुभकामना आदान प्रदान गर्दै परम्परागत जातीय भेषभूषा सहितको सास्कृतिक वृहत पञ्चबुद्धको भाँकी सहित विभिन्न सामाजिक सङ्घरसंस्थाका साथै स्थानीय क्लबहरु सम्मिलित वृहत सांस्कृतिक शुभकामना -यालीले राजधानीको कम्पुकोट, यटखा, नरदेवी, किलागल इन्द्रचोक लगायत शरहको भित्रीभागको परिक्रमा गर्दै बसन्तपुरमा आयोजना गरिने कार्यक्रम स्थगन भएपनि अन्य कार्यक्रमहरुले पनि निरन्तरता पाएको छ ।

यसैक्रममा नेपाल सम्वत ११३९ को अवसरमा आज भक्तपुरको शंखधर साख्वा चोकमा आयोजित राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्याअर्पण गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबालु पण्डितले नेपाल सम्वत सबैको साझा सम्वत भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको बताए । उनले नेपाल सम्वत नेवार समुदायको मात्र नभई नेपालको मौलिक सम्वत भएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031