शुक्रबार, चैत्र १६, २०८०

आजदेखि सहिद सप्ताह सुरु, अमर सहिद शास्त्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण

प्राप्त उपलब्धिको संस्थागत विकास गर्न सक्नुनै अमर सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली  :  कामपा प्रमुख  शाक्य

काठमाडौ माघ १०,  राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झना सहित सहीद शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेका स्थान टेकुमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित मूल समारोह समितिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सहिद सप्ताहको सुभारम्भ गरिएको छ ।  त्यस्तै समितिले माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा गर्ने जनाएको छ ।

यस्तै माघ १६ गते सहिद दिवसका दिन, बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

शुक्रराज शास्त्रीलाइ १९९७ साल माघ १० गते मृत्त्युदण्ड दिइएको टेकुस्थित खरिबोट

 यसैवीच आजको सुभारम्भ कार्यक्रम अन्र्तगत आयोजित श्रद्धाञ्जली सभामा विसं १९५० सालमा बनासरमा जन्मनु भएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शाशनविरुद्ध जागरण अभियानमा सक्रिय रहखै राजधानीको इन्द्रचोकमा जनतालाई, प्रवचनका माध्यमबाट प्रजातन्त्रका पक्षमा जागृत बनाएको  आरोपमा पक्राउ गरिएका शुक्रराज शास्त्रीलाइ १९९७ साल माघ १० गते टेकुस्थित खरिबोटमा मृत्त्युदण्ड दिइएको स्मरणमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आन्दोलनको वलबाट प्राप्त संघीय   गणतान्त्रिक नेपालमा प्राप्त उपलब्धिको संस्थागत विकास गर्न सक्नुनै अमर सहिदहरु प्रति सच्चा श्रद्धाञ्जली हने बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।