शुक्रबार, बैशाख ७, २०८१

आचारसंहिताई व्यवहारमै कार्यान्वयन गर्न माग

 काठमाडौ भाद्र ७,  प्रेस काउन्सिल नेपाल र नेवाः पत्रकार राष्ट्रिय दबूले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरुले सार्वजनिक स्थानमा फोटो खिच्दा, रेकर्ड गर्दा अनुमति लिनुपर्नेलगायतका बुँदाहरु प्रेस स्वतन्त्रता विरुद्ध भएको भन्दै संशोधन गर्नुपर्ने बताएका छन

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कुनै पनि जात/जाति, समुदाय वा वर्गको बारे लेख्दा जिम्मेवारीपूर्ण ढङ्गबाट उनीहरुको मर्यादामा ख्याल गरेर आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिदै अनलाइनविरुद्ध साइबरसम्बन्धि उजुरी प-यो भने टेलिकम–अपराध अनुसन्धान महाशाखाले हामीसङ्ग सूचिकरण भए, नभएको आधारमा कारवाही गर्ने गरेको बताउँनु भएको छ ।

त्यस्तै नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले प्रेस काउन्सिल नेपाली पत्रकारिता क्षेत्रको अभिभावक संस्था भएकाले सोहि अनुरुपको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको उक्त अभिमुखिकरण कार्यक्रममा  काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरले राम्रो कामका लागि पुरस्कार र नराम्रो कामका लागि दण्ड दिने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गनुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा , नेवाः पत्रकार राष्ट्रिय दबका महासचिव सुनिल महर्जन, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, पत्रकार राज्यलक्ष्मी शाक्य लगायतले आ-आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु