शुक्रबार, चैत्र १६, २०८०

आङदम्बेको संयोजकत्वमा काङ्ग्रेसको अनुशासन समिति गठन

काठमाडौ चैत ५ ,  नेपाली काङ्ग्रेसले केन्द्रीय समितिको सोमवार बसेको केन्द्रीय समितिको बैठकले काङ्ग्रेसको विधानको धारा ३४(७) अनुसार केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।   यस अघि गत फागुन १४ गते बोलाइएको बैठकमा प्रस्ताििवत विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति बन्न नसक्दा गठन प्रक्रिया रोकिएको प्रस्तुत समिति सोमवारको बैठले गठन गरेको हो ।

गठित पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहनुभएको छ भने बाँकी दुई सदस्य वरिष्ठ नेता पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने बताइएको छ ।

त्यस्तै बैठकमा सभापति देउवाको अध्यक्षतामा बसेको सोमवारको बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, रमेश रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्बे, अजयकुमार चौरिसिया, शङ्कर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेतलगायतले आआफ्नो धारणा राख्नु भएको थियो । साथै प्रस्तावित थप विषयमा आज बस्ने बैठकमा आवश्यक छलफल पछि नितिगत निर्णय गर्ने काँग्रेस मुख्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।