बिहिबार, चैत्र १५, २०८०

आगामी चैत्र १७ बाट बराहक्षेत्रमा सुरु हने महाकुम्भ मेला भव्यरुपमा सम्पन्न गर्ने निर्णय

काठमाडौँ पौष २०, सरकारले आगामी चैत १७ गतेदेखि सुनसरीको बराहक्षेत्रमा सुरु हुने एक महिनासम्म आयोजना हुने महाकुम्भ मेला भव्यरुपमा सम्पन्न गर्ने 211निर्णय गरेको छ ।मुख्य सचिव लीलामणि पौड्यालको अध्यक्षतामा शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरकारका उच्च पदाधिकारीहरूको बैठकले धरान–चतरा सडकको स्तरोन्नति गर्न तथा झुम्का–चतरा नहर सडकको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

त्यस्तै बैठकले नहर किनारा भएर सञ्चालित सडक र नहरका केही स्थानमा ह्युमपाइप राखेर अस्थायी सवारी आवागमनको व्यवस्था गर्न र विद्युत् आपूर्तिको प्रबन्ध मिलाउन सम्बद्ध मन्त्रालयका सचिवलाई निर्देश दिनुको बैठकले क्षेत्रीय प्रशासन कार्यालयको मेला समन्वय एकाइ अस्थायीरुपमा चतरामा स्थापना गर्ने निर्णयसमेत गरेको छ ।