शनिबार, बैशाख ८, २०८१

आगलागीमा परी तीन अवोध  बालबालिकाको मृत्यु

काठमाडौं पुस २५ , आगलागीको लपेटामा परी ३ बालबालिकाले अनाहकमा ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलवार अपरान्ह ताराखोला गाउँपालिका–४ तारागाउँस्थित यमबहादुर खत्रीको गोठमा खेल्न गएका ति अवोध वालवालिकाले खेल्नेक्रममा झुक्किएर सल्लकेको आगोको लपेटामा परि दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको जनाएको  छ ।

त्यस्तै प्रहरीका अनुसार आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगे पनि त्यस समयमा गोठमा वस्तु भाउ नभएका कारण खेल खेल्दैगरेका ३ वालवालिकोमा त्र ज्यान गएके जिल्ला प्रहरी कार्यालय बागलुङलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।