शनिबार, बैशाख ८, २०८१

आइडिपीद्दारा नेपाली विधार्थीहरुका लागि अन्तराष्ट्रिय शिक्षा छात्रवृत्तिको घोषणा

 काठमाडौ साउन ३,  अन्तराष्ट्रिय शिक्षाको परामर्श सेवा प्रदान गर्दै आइरहेका आइडिपी एडुकेशन नामक संस्थाले नेपाली विधार्थीहरुका लागि अन्तराष्ट्रिय शिक्षा छात्रवृत्तिको घोषणा गरेको छ । 

आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच अस्ट्रेलियाको धितोपत्रवोर्डमा सूचिकृत उक्त संस्थाले नेपाली विधार्थीहरुको अन्तराष्ट्रिय एवम् गुणस्तरिय शिक्षामा पहुँच पुर्याउँने लक्ष्य सहित अग्रेजी भाषा वोलिने राष्ट्रहरु क्रमस अस्ट्रेलिया अमेरिका क्यानाडा न्यूजिलाण्ड र आइरल्याण्डमा अध्यन गर्न चाहने विधार्थीहरुलाइ अस्ट्रेलियन डलर रु ५० हजारको बरावरको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।

विश्वका ६५० भन्दा बढि विश्व प्रशिद्ध विश्वविद्यालय र कलेजसंग सहकार्य गर्दै आयरहेका आइडिपी एडुकेशनले तत्काल नेपालमा पनि आफ्नो कार्यालय सञ्चालन गर्दै सवै परामर्शको सुविधा निशुल्क प्रदानगर्ने तयारी भइरहेको त्यस अवसरमा जानकारी दिएकोछ ।

कार्यक्रममा दिईएको जानकारी अनुसार आइडिपी अन्तराष्ट्रिय शिक्षाको परामर्श सेवा प्रदान गर्ने संस्थाहरुमा विश्व विख्यात रहेको र विश्वका ३० भन्दा बढि मुलुकमा यसको भोतिक उपस्थिती रहेको बताईएको छ । त्यस्तै आइडिपीको आइइएलटीसमा समेत स्वामित्व रहेको जानकारी दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।